Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १० : ०१ मा प्रकाशित

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाकाे छैठौं वार्षिक साधारण सभा आज (जेठ २४ गते, साेमबार) हुँदैछ । उक्त सभा अहिले बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुनेछ ।

सभाले नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने,तथा एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

60a3364cc0427.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको