Like us!
Follow us!
Connect us!
Watch us!

ऋण थपिएको होइन, पुरानो दायित्व तिर्न बजेट विस्तार गरिएको हो : अर्थमन्त्री वाग्ले

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १६ : २२ मा प्रकाशित

ऋण थपिएको होइन, पुरानो दायित्व तिर्न बजेट विस्तार गरिएको हो : अर्थमन्त्री  वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक भएपछि आफूले ऋणको भार बढाएको भन्ने आरोप खेप्नुपरेको बताएका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा उनले बजेटमार्फत ऋण थपिएको भन्ने भाष्य बजारमा फैलाइएको उल्लेख गरे।

उनले बजेटको आकार बढ्नुको मुख्य कारण पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ठूलो रकम आवश्यक हुनु रहेको स्पष्ट पारे। उनका अनुसार सन् २०१४ मा नेपालको बजेट आकार करिब ५ खर्ब १९ अर्ब रुपैयाँ मात्र थियो। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका कारण बजेट विस्तार हुँदै गएको बताए। डा. वाग्लेले पछिल्लो १०–११ वर्षदेखि बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ देखि २९ प्रतिशतसम्म रहने गरेको भए पनि वास्तविक खर्च भने २२ देखि २५ प्रतिशतको हाराहारीमा सीमित हुने गरेको बताए।

उनले चालु आर्थिक वर्षका लागि ल्याइएको २१ खर्ब रुपैयाँको बजेटलाई धेरैले ठूलो बजेटका रूपमा चित्रण गरे पनि यसको आकार जीडीपीको केवल २८.५ प्रतिशत मात्र रहेको दाबी गरे। बजेट अस्वाभाविक रूपमा बढेको वा अत्यधिक ठूलो भएको भन्ने चर्चा तथ्यमा आधारित नभएको उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको