Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाको नाफासँगै अधिकांश सूचकमा गिरावट

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, ०९ : ४२ मा प्रकाशित

हिमालय ऊर्जाको नाफासँगै अधिकांश सूचकमा गिरावट

हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो अवधिसम्म आइपुग्दा खुद नाफामा गिरावट आएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ७८.५४ प्रतिशतले घटेर ९ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

सो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ४४ लाख ७८ हजार रुपैयाँले घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५५ लाख ६ हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । जगेडा कोष भने ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ०९ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २४ पैसा छ । 

चैत मसान्तसम्म संस्थाको मौज्दात, आम्दानी र तरलतामा उल्लेखनीय परिवर्तन छैन । कम्पनीको व्यावसायिक योजना अनुरुप नै कार्य भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ जलविद्युत आयोजनाहरु गर्ने पुर्व तयारी गरिरहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

60beed60d2ba7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको