Like us!
Follow us!
Connect us!
Watch us!

आफ्ना राज्यमा बाँडिने खोप कटौती गरेर भएपनि नेपाललाई खोप दिन बेलायती सांसदको माग

पत्रपत्रिका

बुधबार, २६ जेठ २०७८, ०६ : ४७ मा प्रकाशित

आफ्ना राज्यमा बाँडिने खोप कटौती गरेर भएपनि नेपाललाई खोप दिन बेलायती सांसदको माग

नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए ।

त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् । 

दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।

दोस्रो बुँदाअन्तर्गत चिकित्सा सामग्रीलगायत चिकित्सा उपकरणहरू अक्सिजन जेनेरेटर, अक्सिजन कन्सन्ट्रेटर, थेरापिउटिक ड्रग्सलगायत  पनि  उपलब्ध  गराउन  भनेका  हुन्  ।  विश्वमै  उच्च  कोरोना  भाइरसको  सङ्क्रमणका  कारण नेपालमा मानवीय सङ्कट उत्पन्न भएको दर्शाउँदै सांसदहरूले  यस्तो  बेला  बेलायती  सरकारले  नेपाल  सरकारको आग्रहको सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । 
यस्तो कठिन समयमा पनि बेलायतले आफ्नो मित्रराष्ट्रलाई सहयोग गर्न धेरै ढिला गरेको भन्दै पत्रमा असन्तुष्टि प्रकट गरिएको छ ।

नेपाल सरकारका तर्फबाट गार्डियन पत्रिकामार्फत प्रधानमन्त्री ओलीले गरेको सहयोगको याचना र औपचारिक कूटनीतिक माध्यमबाट भएको कुराकानीमा पनि खोप उपलब्ध गराउने विषयमा छलफल  भएको स्मरण सांसदहरूले पत्रमार्फत गराएका छन् ।

भारतमार्फत २० लाख खोप कोभ्याक्स सुविधामार्फत दिलाउनु मात्र सङ्कटको समयमा समाधान गर्नु नरहेको उल्लेख गर्दै अब त्यो सुविधाको खोप उपलब्ध गराउन भारतले नसक्ने र बेलायतबाट  पनि  ढिला भएकाले आफ्ना राज्यमा बाँडिने खोप कटौती गरेर भएपनि खोप सहयोग गर्नुपर्नेमा जोड दिएकाछन् । 

गचेरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको