Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरमा बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १८ : ५३ मा प्रकाशित

रिचार्जरमा बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री वितरण सुरु गर्न लागेको हो । 

जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजे सम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्नेछन् । 

एक लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सघाउ पुर्याउनेछ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउ बाट व्यागमा फेरी भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पुर्ण रि फिल गर्न लकिन्छ । 

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैयाँका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउनेछ । 

यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३००  अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुनेछ । 

गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको