Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाको मोडालिटीबारे निर्णय हुने

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १० : २५ मा प्रकाशित

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाको मोडालिटीबारे निर्णय हुने

निषेधाज्ञा सम्बन्धी निर्णय गर्नका लागि आज (आइतबार) उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमांडौका सिडिओहरुको बैठक बस्दै छ । 

आजको बैठकमा निषेधाज्ञा थप गर्ने वा नगर्ने गर्दा कुन मोडालिटीमा गर्ने भन्ने  बिषयमा निर्णय हुन सक्ने जनाइएको छ । गृह मन्त्रालयले भने यसअघि नै लकडाउन अब लुजडाउन प्रणालीमा गरिने जनाएको छ । काठमांडौ उपत्यकामा जारी निषेधाज्ञा भोलि जेठ ३१ गतेबाट सकिदैछ ।

उपत्यकामा जारी निषेधाज्ञा जेठ २१ बाट केहि परिमार्जन गरि थप १० दिनको लागि लम्ब्याइएको थियो ।  गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याएर जेठ ३१ सम्म थप गरिएको हो । 

जेठ १४ बाट थप कडा पारिएको निषेधाज्ञा जेठ २१ बाट भने केहि खुकुलो बनाइएको थियो । अहिले जारी निषेधाज्ञामा किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइएको छ । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने व्यवस्था गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । त्यस्तै अहिले वर्कसप पनि खुला गरिएको छ ।

आजको बैठकले लुजडाउन मोडलमा जाने वा अहिलेकै निषेधाज्ञालाई केहि परिमार्जन गरि लम्ब्याउने भन्ने बिषयमा निर्णय गर्ने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको