Like us!
Follow us!
Connect us!
Watch us!

एओएनको कमाल, नेप्से सूचक र कारोबार रकम दुवैमा धमाल

नेप्से

आइतबार, ३० जेठ २०७८, १४ : ५८ मा प्रकाशित

एओएनको कमाल, नेप्से सूचक र कारोबार रकम दुवैमा धमाल

साताकाे पहिलाे काराेबार दिन आज ( आइतबार) फेरि नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । यस दिन काराेबार रकम र नेप्से सूचक दुवैले नयाँ रेकर्ड बनाएकाे हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सले) ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन्) अर्थात् कि सबै देउ या एउटै नदेउ फिचर आजबाट बन्द गरेको छ । त्यसकाे पनि बजारमा सकारात्मक प्रभाव परेकाे देखिएकाे छ ।

यसअघि गत मंगलबार सेयर बजार २९६०.१४ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । आइतबार सेयर बजार  विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । 

नेप्से सूचकका साथसाथै काराेबार रकममा पनि उछाल देखिएकाे छ । गत आइतबार १७ अर्ब २७ कराेड रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे । साेही रेकर्ड ताेड्दै आज हालसम्मकै उच्च अर्थात् १९ अर्ब ५५ कराेड रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे हाे ।

सेयर बजारले दिनहुँ जसाे नयाँ रेकर्ड बनाउँदा लगानीकर्ताहरू पनि आकर्षित छन् । देशभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निशेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । त्यसैले पनि सेयर बजार लगातार उकालाे लाग्न मद्दत पुगेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.१० विन्दुमा पुगेकाे छ । नेप्से १.३० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ११.५४ अंकले बढेर ५३९.४१ मा पुगेको छ । 

आइतबार कूल २२० वटा कम्पनीकाे ३ कराेड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये, ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आइतबार ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अन्य ४० वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंककाे सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । त्यस्तै, रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्राेपावर र घलेम्दी हाइड्राेपावर लगायतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आइतबार अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । त्यसपश्चात् क्रमश : लुम्बिनी विकास बैंक लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, अरूण काबेली, रसुवागढी हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावर, गरिमा विकास बैंक र अपि पावरकाे सर्वाधिक काराेबार भएकाे हाे ।

आइतबार नेपाल इन्स्याेरेन्स, युनाइटेड इदी मर्दी, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, समिट लघुवित्त, सनराइज ब्लुचीप फण्ड, सिटीजन्स म्युचुअल फण्ड २, मिर्मिरे लघुवित्त, ग्लाेबल आइएमइ लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

60c5d51579228.jpg 60c5d520afa4d.jpg 60c5d52cd29af.jpg 60c5d533ce60f.jpg 60c5d53e12fcd.jpg 60c5d54a2963f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको