Like us!
Follow us!
Connect us!
Watch us!

खरिद आदेशमा एओएन सुविधा हट्यो, बजारमा कस्तो प्रभाव पर्ला ?

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, ११ : १३ मा प्रकाशित

खरिद आदेशमा एओएन सुविधा हट्यो, बजारमा कस्तो प्रभाव पर्ला ?

नेपाल स्टक एक्सचेन्ज (नेप्सले) ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन्) अर्थात् कि सबै देउ या एउटै नदेउ फिचर आजबाट बन्द गरेको छ ।

नेप्सेले केही समयअघि नियामक निकाय धितोपत्र बोर्डमा एओएन सुविधा हटाउने अनुमतिका लागि पत्र पठाएको र बोर्डबाट समेत स्वीकृती प्राप्त गरिसकेकाले आजबाट खरिदतर्फको यो सुविधा बन्द गरिएको नप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साँवदले जानकारी दिए । 

एओएन सुबिधाले सेयर बजारमा एकैपटक ठूलो परिमाणमा खरिद तथा बिक्री अर्डर राखेर लगानीकर्तालाई भ्रममा पार्ने काम भएको गुनासो पटकपटक आएको थियो । लगानीहरुको यो गुनासोको सम्बोधन गर्दै हाललाई खरिदतर्फको मात्र सुविधा खारेजीको निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ । 
यो सुविधाका कारण ठूला लगानीकर्ताहरु र बजारमा चलखेल गर्नेहरुले कृत्रिम अर्डर राखेर चलखेल गरिरहेको आरोप लाग्दै आईरहेको छ । एक मूल्यमा एकैपटक ठूलो अर्डर राख्ने र एओएन सुविधाअन्तर्गगत उनीहरुले माग गरेको मूल्यमा माग जति कित्ताको आपूर्ती भएमा मात्र उनीहरुको सेयर खरिद हुन्थ्यो भने माग जति नआउदाँ खरिद हुँदैनथ्यौ । 

कतिपय लगानीकर्ताहरुले नेप्सेको सिस्टममा भएको यही कमजोरीको फाईदा उठाउँदै चलखेल गरिरहेको आरोप लगानीकर्ताहरुले लगाउँदै आइरहेका थिए । 
धितोपत्र बोर्डको यो निर्देशनपछि बजारमा मिश्रित प्रतिक्रियाहरु देखिएका छन् । अब यो सुविधा खारेज भएपछि बजारमा कृतृम अर्डरको पसल थापेर बस्नेहरुको उठिबास हुने, अब टिएमएसमा  फेक अर्डरहरु नआउने र सबै अर्गानिक अर्थात किन्न चाहने लगानीकर्ताहरुको मात्र खरिद आदेश देखिने भएकाले साना लगानीकर्ताहरु भ्रमित हुने अवस्था नरहेन कतिपय लगानीकर्ताहरुको बिश्लेषण छ । 

ठूला लगाीकर्ताहरुले एओएनमार्फत साना लगानीकर्ताहरुलाई भ्रमित गर्ने काम गरिरहेका थिए । अब यो सुविधा हट्ने भएपछि बजारमा वास्तविक कुन कम्पनीको कति डिमान्ड छ भन्ने वास्तविकता थाहा हुने र लगानी गर्न सहज हुने बुझाई कतिपय लगानीकर्ताहरुको देखिन्छ ।  

तर कतिपय लगानीकर्ताहरुले भने यो सुविधा पूर्ण रुपमा खारेज गर्ने वा हटाउने कुरा लगानीकर्ताहरुको भन्दा पनि ब्रोकरहरुको हितमा बढी हुने बताउँछन् । कुनै लगानीकर्ताले एकै पटकमा जति बढी परिणाममा सेयर खरिद गर्छ त्यति नै कम ब्रोकर कमिसन ब्रोकरलाई तिर्नुपर्छ । तर यो एओएन सुविधा खारेज भएपछि एकपटक १० हजार कित्ता खरिद गर्न चाहने लगानीकर्ताहरुले पनि १०० कित्ता मात्र सेयर किन्नु पर्ने पनि हुन सक्छ । जसका कारण ब्रोकरलाई बुझाउने कमिसन बढी हुन्छ । अहिले अधिकतम ०.४० प्रतिशतदेखि न्यूनतम ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने व्यवस्था रहेको छ । अबको यो नयाँ व्यवस्थाको कार्यान्यनले अधिकांश कारोबारमा ब्रोकरलाई ०.४० प्रतिशत ब्रोकर कमिसन प्राप्त हुने देखिएको बताउँछन् एक लगानीकर्ता । 

यो देखावटी रुपमा लगानीकर्ताहरुको हितका लागि भनिए पनि वास्तविक रुपमा भने ब्रोकर पोस्न लागू गर्न लागिएको आरोप एकथरि लगानीकर्ताहरुको छ ।

पछिल्लो समय ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकै पटक ठूलो परिमाणको सेयर कित्ता राख्ने गरेका थिए । जस्तै  कसैले कुनै कम्पनीको सेयर ३०० रुपैयाँमा किन्ने भन्दै ५० हजार कित्ता खरिद अर्डरमा राखिदिन्थ्यो तर त्यति नै मूल्यमा सेल अर्डरतर्फ कुल ५० हजार सेयर जम्मा नभई उसको कारोबार हुँदैन थियो । यदि त्यो परिणाममा सेलरहरुको फ्लो आइहाले उनीहरुले आफ्नो अर्डर नै क्यान्सिल गर्ने गर्दथे । 

अहिलेको यो एओएन विधि लागू हुँदा बजारमा बढी चलखेल मौलाएको र अब यो खारेज हुँदा सेयर बजार अर्गानिक रुपमा अगाडि बढ्ने विश्वास कतिपय लगानीकर्ताहरुको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको