Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १८ : २१ मा प्रकाशित

पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण

कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम जिम्मेवारी भएको बताएका छन् । पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामाग्रीमा पहुँच पुग्नुपर्ने बताएका छन् । 

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा जोड दिएका छन् । उनले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताए । उनले आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने, प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोाराेनाका कारण पत्रपत्रिका बन्द भएको, लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका संयोजक एवं सदस्य शरदप्रसाद अधिकारीले देश संघीयतामा गएसँगै काउन्सिलका कामकारबाही विकेन्द्रिकरण भएको बताए । उनले सातवटै प्रदेशमा काउन्सिलको प्रतिनिधि भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको बताए । सदस्य अधिकारीले काउन्सिलको प्रदेशस्तरीय कार्यालय स्थापनाको लागि छलफल भएकाले यसलाई मूर्तरूप दिन पहल हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कार्यक्रममा लुम्बीनी प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासङ्घका अध्यक्षको सहभागिता रहेकोउक्त कार्यक्रममा कोरोनाको कारण विज्ञापन  पाउनु मुश्किल भएको,  बिलहरूको भुक्तानी समयमा  नभएको, पत्रिका प्रकाशनमा समस्या आएको लगायतका विषय उठाएका थिए । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको