Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिलले सुरू गर्यो इतिहासमै पहिलो पटक ‘इयर बुक’

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १३ : १० मा प्रकाशित

प्रेस काउन्सिलले सुरू गर्यो इतिहासमै पहिलो पटक ‘इयर बुक’

प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरेकी हुन्।

‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यवालोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् ।

कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अविभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी व्यक्त गरेका छन् । उनले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गरेका छन् । 

नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भने ।

‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लिलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको