Like us!
Follow us!
Connect us!
Watch us!

झलनाथ खनाल अक्सिजनको सपोर्टमा

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १५ : ०९ मा प्रकाशित

झलनाथ खनाल अक्सिजनको सपोर्टमा

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । 
नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उहाँ नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनु भएको थियो । 

उहाँलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । सामान्य अवस्थामा रहनुभएको नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । 

उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । 
आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको