सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।
कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् । केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।
स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’
यसैबीच, सोमबार देशभर २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा यस्तो संख्या देखिएको हो ।
यसअघि, आइतबार २ हजार ४ सय ७ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा देशभर ५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८ हजार ४ सय ६५ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।
राजधानी दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस