Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीको बाढीले ४० जना भन्दा बढि बेपत्ता, नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त

अर्थ संसार

बुधबार, ०२ असार २०७८, ०६ : ४२ मा प्रकाशित

मेलम्चीको बाढीले ४० जना भन्दा बढि बेपत्ता, नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त

निरन्तरको वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन्। नदी किनारमा भएका केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानियले जानकारी दिए । 

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बाढीले मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल पनि बगाएको छ। 

निरन्तर बर्षाका कारण अहिले मेलम्ची क्षेत्रको बिद्युत पनि अबरुद्ध भएकाले स्थानियुंग सम्पर्कका लागि पनि कठिनाई भइरहेको छ । बाढिले ल्याएको क्षेती बिस्तृत विवरण भने स्थलगत अवलोकन पछि मात्र थाहा हुनसक्ने बताइएको छ । नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको