Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको संस्थापक सेयर आजबाट लिलामीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १३ : ३९ मा प्रकाशित

एनसीसी बैंकको संस्थापक सेयर आजबाट लिलामीमा, मूल्य कति ?

नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे संस्थापक समूहको सेयर आज (असार २ गते, बुधबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

कम्पनीले बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य एक सय ४० रूपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज (असार २ गते, बुधबार) देखि असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9aed393051.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको