नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट आएको स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको घट्दो आत्मविश्वास फेरि बलियो बन्ने बताएका छन्।
काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रियामा बोल्दै उनले लगानी बढाउन र व्यवसाय विस्तार गर्न सरकार र राजनीतिक दलहरूको साथ आवश्यक रहेको बताए।
उनका अनुसार निजी क्षेत्रले रोजगारी सिर्जना, राजस्व वृद्धि र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिन्छ। त्यसैले नेतृत्वबाट आएको सकारात्मक सन्देशले उद्योगी–व्यवसायीमा नयाँ ऊर्जा थप्ने विश्वास उनले व्यक्त गरे।
केही पुराना प्रणाली सुधार गर्ने क्रममा अन्योल देखिए पनि निजी क्षेत्रलाई सहयोग गर्ने र वाचा अनुसार काम गर्ने राजनीतिक प्रतिबद्धता सकारात्मक रहेको उनको भनाइ छ।
ढकालले भने, “पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बेला नेतृत्वबाट आएको स्पष्ट धारणा राम्रो संकेत हो। यसले लगानी बढाउन र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्छ।”
उनले निजी क्षेत्र र सरकारबीच सहकार्य भए मात्र देशको आर्थिक विकास सम्भव हुनेमा जोड दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस