Like us!
Follow us!
Connect us!
Watch us!

जलबिद्युत कम्पनीहरुको छातासंगठन इप्पानको विज्ञप्ती: बोर्डको विज्ञप्ती असक्षमताको उदाहरण

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, ०६ : ४७ मा प्रकाशित

जलबिद्युत कम्पनीहरुको छातासंगठन इप्पानको विज्ञप्ती: बोर्डको विज्ञप्ती असक्षमताको उदाहरण

स्वतन्त्र उर्जा उत्पादक संस्थान नेपाल(इप्पान) ले नेपालको सेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार १ गते निकालेको ५१ कम्पनीहरुको नाम सहितको विज्ञप्तीमा गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । 

विहिबार एक बिज्ञप्ती जारी गर्दै इप्पानले धितोपत्र बोर्डको बिज्ञप्तीले आफ्नो गम्भिर ध्यानआकर्षण भएको भन्दै बोर्डको भुमिकामा प्रश्न गरेको छ । 

इप्पानले जलविद्युत कम्पनीको प्रकृतिलाई मतलबै नगरी पिई रेसियो, इपिएस र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर २१ कम्पनीलाई जोखिमयुक्त भनेको विषयलाई  लज्जास्पद र असक्षमताको संज्ञा दिएको छ ।

बिज्ञप्तीमा नेपालमा तुलनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यातयोग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ति निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्नुपर्दछ।' भनिएको छ । 

इप्पानले विज्ञप्तीमा जलबिद्युत कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक प्रभाव पर्नुका कारण प्रस्तुत गर्दै भनेको छ ' वर्तमान अवस्थामा इप्पान कार्यसमितिको अथक प्रयासका कारण नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई लगाउँदै आएको एडी पेनाल्टी हटाउन सफल हुनु, ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले १४ प्रतिशतसम्म ब्याज लिंदै आएकोमा सो व्याजदर ७ प्रतिशतमा झार्न सफल हुनु, रुग्ण जलविद्युत आयोजनाहरुलाई सवल रुपमा संचालनका लागि नेपाल राष्ट्र बैंकमार्फत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत आयोजनाहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा भ्याट छुटको व्यवस्था हुनुजस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत कम्पनीहरुको प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ कम हुनु स्वभाविक भएता पनि शेयरमूल्यमा सकारात्मक प्रभाव परेको प्रष्ट पार्न चाहन्छौं ।'

यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुको सट्टा दोश्रो बजारमा हुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिद विक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय नभएको बताएको छ ।

नेपालमा तुनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यात योग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ती निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी रहेको बताइएको छ ।  

धितोपत्र बोर्डको यो कदमको बारेमा नेपाल सरकार, अर्थमन्त्रालयले गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत इप्पानले माग गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको