Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक परिस्थितिका कारण ‘पावर समिट २०२५’ स्थगित

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, २० : ५१ मा प्रकाशित

राजनीतिक परिस्थितिका कारण ‘पावर समिट २०२५’ स्थगित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) का लागि तय गरेको नवौँ संस्करणको पावर समिट स्थगित भएको जनाएको छ।

इप्पानका अध्यक्ष गणेश कार्की र उपाध्यक्ष तथा पावर समिट समिति संयोजक आनन्द चौधरीले सोमबार संयुक्त रूपमा सूचना जारी गर्दै कार्यक्रम तत्कालका लागि रोकिएको जानकारी दिएका हुन्।

नेपालमा पछिल्ला राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै समिट तोकिएको मितिमा सञ्चालन गर्न कठिन भएको इप्पानको भनाइ छ। संस्थाले सबै सरोकारवालाहरुप्रति आभार व्यक्त गर्दै नयाँ मिति छिट्टै तय गरिने उल्लेख गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको