Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको विज्ञप्तिको पराकम्पन, नेप्सेमा भूकम्प

नेप्से

आइतबार, ०६ असार २०७८, १४ : ५९ मा प्रकाशित

बोर्डको विज्ञप्तिको पराकम्पन, नेप्सेमा भूकम्प

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजार घटेकाे छ । आइतबार सेयर बजार उच्च अंकले घटेकाे हाे । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले गर्दा गत बुधबार र बिहीबार पनि सेयर बजार घटेकाे थियाे । बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६५.१९ अंकले घटेर २९०३.२४ विन्दुमा झरेकाे छ । नेप्से २.२० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा पुगेको छ । 

कूल २३१ वटा कम्पनीकाे २ कराेड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरूमा क्रमश नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकोशी, ज्योति विकास बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेड रहेका छन् ।

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश कुमारी बैंक लिमिटेड संस्थापक सेयर, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर, रूरू जलविद्युत परियोजना, तारागाउँ रिजेन्सी लगायतका कम्पनीहरू रहेका छन् ।

आइतबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश युनियन हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, श्री इन्भेष्मेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुडविल फाइनान्स, समृद्धि फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60cf0d312aecc.jpg 60cf0d6ed389c.jpg 60cf0d822c31b.jpg 60cf0d868de85.jpg 60cf0d8b704c7.jpg 60cf0d9162340.jpg 60cf0d97da31f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको