Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा थप एक साता निषेधाज्ञा, निजी सवारी साधनमा जोर-बिजोर

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १७ : १९ मा प्रकाशित

उपत्यकामा थप एक साता निषेधाज्ञा, निजी सवारी साधनमा जोर-बिजोर

आज (असार ६ गते, आइतबार) बसेको उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका सिडिओहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा केहि परिमार्जनसहित एक साता थप गर्ने निर्णय गरेको छ  ।  

अहिले संक्रमण दर केहि कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । हालसम्म पनि काठमाडाैँमा भने संक्रमणकाे दर घटेकाे छैन । आइतबार काठमाडाैँमा ४५० जना, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

अबको निषेधाज्ञामा निजि सवारीसाधानहरुलाई जोर बिजोर प्रणालीमा चल्न दिईने र्निणय भएको छ भने ट्याक्सीहरूलाई पनि जोर बिजोर लागू गरेर चलाउन दिइने जनाइएको छ । 

त्यस्तै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ भने,‘सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको