Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा सुरक्षा सतर्कता उच्च! ३५ सय प्रहरी तैनाथ

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ०८ : ०८ मा प्रकाशित

काठमाडौंमा सुरक्षा सतर्कता उच्च! ३५ सय प्रहरी तैनाथ

काठमाडौंको सडक आज तनाबग्रस्त बन्दैछ! राजावादी समूह र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्ने घोषणा गरेका छन्, जसले राजधानीको माहोल झन् तातिन सक्ने आँकलन गरिएको छ।

राजावादीहरूको रणनीति: प्रसाईंको कमाण्डमा शक्ति प्रदर्शन!

नवराज सुबेदीको संयुक्त जनआन्दोलन समिति ले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेर काठमाडौंको सडक तताउने तयारी गरेको छ। तीनकुनेलाई प्रदर्शनको केन्द्र बनाउँदै राजसंस्थाको पुनर्स्थापनाको मागसहित ठूलो प्रदर्शन गर्न उनीहरू लागिपरेका छन्।

प्रचण्डको मोर्चा पनि सडकमा!

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को पहलमा बनेको समाजवादी मोर्चा ले पनि काठमाडौंका तीन स्थानबाट शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। भृकुटीमण्डपलाई केन्द्र बनाई मोर्चाले आफ्नो दबदबा देखाउने योजनामा छ।

सुरक्षा सतर्कता उच्चस्तरमा, काठमाडौंमा ३५ सय प्रहरी तैनाथ!

राजधानीका दुई प्रतिद्वन्द्वी समूहहरू सडकमा उत्रन लागेपछि सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको छ। ३५ सय प्रहरी खटाउने योजना उपत्यका प्रहरी कार्यालयले बनाइसकेको छ।

 सुरक्षा कमाण्ड: जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी विश्व अधिकारी)
 स्थल व्यवस्थापन: एसपी अपिल बोहरा

काठमाडौंका सडक चर्किने संकेत!

दुवै पक्ष आक्रामक रुपमा प्रदर्शनको तयारीमा जुटिरहेका छन्। राजसंस्थावादीहरूको नाराबाजी र समाजवादी मोर्चाको प्रदर्शन आमनेसामने आएमा स्थिति थप जटिल हुन सक्ने विश्लेषकहरूको धारणा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको