जेन-जी आन्दोलनका क्रममा मंगलबार राजधानीमा भौतिक संरचनामा ठूलो क्षति भएपछि सुरक्षालाई कडा बनाउँदै राति १० बजेदेखि नेपाली सेना समेत सडकमा उतारिएको छ।
सैनिक गस्तीले सर्वसाधारणलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन भन्दै फिर्ता पठाइरहेको छ। तर, आकस्मिक सेवामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सरोकारवाला कर्मचारीहरूलाई भने परिचयपत्र देखाएर आवागमन गर्ने सुविधा दिइएको छ।
प्रदर्शनकारीले आगजनी गरेको संसद भवन र अन्य संवैधानिक निकाय वरिपरि पनि सेना र सुरक्षाकर्मीहरूको कडा निगरानी बढाइएको छ। उपत्यकाका विभिन्न सरकारी संरचनामा सुरक्षाकर्मीहरू परिचालित भएपछि राजधानी उच्च सतर्कतामा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस