काठमाडौं महानगरपालिकाले आउँदो चैत १५ गते (पाहाँचर्हे जात्रा ११४५) सञ्चालन हुने विभिन्न मार्गहरूमा सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्न अनुरोध गरेको छ। जात्रा सञ्चालन हुने स्थानहरूमा जुलुस वा अन्य गतिविधिले अवरोध पुर्याउन सक्ने भन्दै महानगरले सार्वजनिक रूपमा यस्तो आग्रह गरेको हो।
महानगरको आग्रह अनुसार जात्रा सञ्चालन हुने स्थानहरू:
यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका क्षेत्र।
महानगरपालिकाले राजनीतिक दलहरू, संघसंस्थाहरू र स्थानीय समुदायलाई जात्रामा अवरोध पुर्याउने कुनै पनि गतिविधि नगर्न अपिल गरेको छ। साथै, सवारी चालकहरूलाई जात्राका दिन वैकल्पिक मार्ग प्रयोग गर्न र आवागमन सहज बनाउन सहयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकाका महत्वपूर्ण जात्रामध्ये एक पाहाँचर्हे जात्रा नेवार समुदायको प्रमुख चाडमध्येको एक हो। जात्राका क्रममा परम्परागत रथयात्रा तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने भएकाले स्थानीय प्रशासनले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ।
महानगरले जात्राको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै सार्वजनिक तथा निजी सवारीका चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गरी जात्रालाई सहज बनाउन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस