Like us!
Follow us!
Connect us!
Watch us!

१९४ दिनपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने, बजेट प्रक्रिया अब...?

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, ०७ : ५९ मा प्रकाशित

१९४ दिनपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने, बजेट प्रक्रिया अब...?

काठमाडौं महानगरपालिकाले झण्डै छ महिनापछि कार्यपालिका बैठक बसाउने तयारी गरेको छ। कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको हो, जसले आगामी आर्थिक वर्षको बजेट तयारीमा औपचारिक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाको कार्यपालिका बैठक प्रत्येक महिना बस्नुपर्ने कानुनी प्रावधान भए पनि पछिल्लो बैठक पुस १४ गते बसेको थियो। त्यसयता कुनै बैठक नबस्दा १९४ दिन बितिसकेको छ।

यस अवधिमा नगरभित्रका निर्वाचित जनप्रतिनिधिहरूले पटक–पटक बैठक बोलाउन माग गर्दै आएका थिए। विशेष गरी जेठ महिनामा सदस्यहरूको औपचारिक र अनौपचारिक दबाब सक्रिय थियो।

संचालन ऐन २०७४ अनुसार असार मसान्तभित्रै बजेट पारित गर्न नसकिए महानगर बजेट होली डेमा पर्ने सम्भावना हुन्छ। यही समयसीमाले कार्यपालिका बैठक बोलाउने प्रक्रिया अगाडि बढाइएको हो।

यसअघि देखिएको प्रशासकीय विवाद बैठकको मुख्य अवरोध बनेको थियो। प्रमुख प्रशासकीय अधिकृत परिवर्तन नगरी बैठक नगर्ने भनिएको अडान अन्ततः हटाइएको छ, र हालकै अवस्थामा बैठक बस्ने तयारी भएको हो।

शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ। सोही दिन उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समिति पनि बस्नेछ। यी बैठकपछि कार्यपालिका बैठकले नीति, कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्ने निर्णय गर्ने कार्यसूची तय भएको छ।

साथै, यही बैठकबाट नगर सभाको मिति तय गर्ने र बजेट पारित गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको