Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट,१४ जना घाइते

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १० : ३७ मा प्रकाशित

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट,१४ जना घाइते

काठमाडौंको कमलपोखरीमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विस्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कमलपोखरीस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको