Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १० : ३४ मा प्रकाशित

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

अनलाइन टीभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयालले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारले पत्रकार परिचयपत्रको प्रयोग बढेकोले रोक्न माग गरेका हुन् ।
 
गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ ।  

साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको