Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद र बाेनस पारित गर्न राधी विद्युतले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १० : ५९ मा प्रकाशित

हकप्रद र बाेनस पारित गर्न राधी विद्युतले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे असार ७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे वार्षिक साधारण सभा असार २९ गते, मंगलबार हुनेछ । 

सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्नाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेकाे थियाे । हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।  कम्पनीकाे नियमावली संशाेधन गर्ने पनि सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d17448b48f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको