Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १ अर्ब ५ कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १३ : ३३ मा प्रकाशित

राष्ट्र बैंकले १ अर्ब ५ कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब ५ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल असार २१ गतेदेखि २०७९ साल असार २१ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ गरी कूल एक अर्ब ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले असार १० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

60d1971d02c6f.jpg 60d19722ca22d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको