Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र विकासका लागि बोर्डले चाल्यो राम्रो कदम, माग्यो सुझाव

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १९ : २८ मा प्रकाशित

धितोपत्र विकासका लागि बोर्डले चाल्यो राम्रो कदम, माग्यो सुझाव

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सुझाव माग गरेकाे छ ।

बाेर्डले मंगलबार एक सूचना प्रकाशन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेकाे हाे । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको मस्यौदा तयार भइरहेको सूचनामा उल्लेख छ ।

सम्बन्धित सरोकारवालाहरुले असार २० गतेसम्ममा इमेल ([email protected]) मार्फत सुझाव पेश गर्न सक्नेछन् ।

बोर्डको नियमन तथा सुपरीवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र आधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको बाेर्डले जनाएकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d1ea1c1d8d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको