Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविका स्थगित परीक्षा साउन ५ गतेदेखि, केन्द्र विद्यार्थीले नै छनोट गर्न सक्ने

पत्रपत्रिका

बुधबार, ०९ असार २०७८, ०७ : १२ मा प्रकाशित

त्रिविका स्थगित परीक्षा साउन ५ गतेदेखि, केन्द्र विद्यार्थीले नै छनोट गर्न सक्ने

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । 

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान  अध्ययन  संस्थानमा  स्नातक  तह  पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५०  हजारभन्दा  बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ । 

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो । 

विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो  । सामान्य  अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको