Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०९ असार २०७८, ११ : ०८ मा प्रकाशित

लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे असार ८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैबीसाैँ वार्षिक साधारण सभा असार ३० गते, बुधबार कम्पनीकाे प्रधान कार्यालय, नक्साल, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार १७ गतेदेखि असार ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d2c753144b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको