Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको साधारणसभामा बुटवल पावरको एजिमको साइड इफेक्ट (भिडियो)

अर्थ संसार

विहीबार, २९ बैशाख २०७९, १४ : ३० मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सले हिजो अर्थात बुधबार २५ औं साधारणसभा सम्पन्न गर्दै  २० प्रतिशत बोनस सेयर पारित गर्यो।  तर सभामा प्रस्ताव पारित पूर्व जे भन्यो त्यो कम्पनीलाई बिर्सन लायक रहेन। 
 
साधारण सभा सुरु देखि नै सभा सहज रुपले संचालन हुन सकेन।  सुरु देखि नै उपस्थित सेयरधनीहरु संचालक समिति संग रुष्ट देखिन्थे। जब साधारण सभामा पारितका प्रस्ताव छलफललाई अगाडी बदाइयो बोल्ने हरेक जसो सेयरधनीले कम्पनीको काम कारबाही प्रति असन्तुष्टि पोखे। 

झन्डै एक दर्जन सेयरधनीले बोलेकामा अधिकाशले संचालकको तलव भत्ता, संचालकहरुको संख्या, कर्मचारीको खर्च, सामाजिक उत्तरदायित्व अन्तरगत जथाभावी खर्च लगायतको विषयमा आक्रोस पोखेका थिए ।कम्पनीको संचालक समिति नै विदेशी सहित ९ जनाको रहेका छन् ।

बोल्ने एक सेयरधनीले बुटुवल पावर कम्पनीका संचालक समितिका अध्यक्ष समेत रहेका संचालक ज्योतिमाथि अझ धैरै आक्रोस पोखेका थिए । संचालक ज्योतिले बुटुवल पावरको गत वार्षिक साधारणसभामा दादागिरी देखाएको भन्दै आक्रोस पोखेका हुन । उक्त हाइड्रोको कम्पनीको साधारणसभा भर्चुआल माध्यमबाट सम्पन्न गरिएको थियो ।
कोभिड १९ को माहामारीमा जुम मार्फत भएको साधारणसभामा सेयरधनीलाई बोल्न नदिएकोे सेयरधनीको गुनासो गरेका थिए । जुम मार्फत भएको साधारणसभामा केही सेयरधनीहरु आफ्ना भनाईहरु राख्न साधारणसभा भएको कार्की बैंङक्वेटमा गएका तर संचालकहरु पुलिस लगाएर सेयरधनीलाई रोकेपछि सेयरधनीहरु रुष्ट रहेको भिटियो  ।
त्यही रिस सगरमाथाको साधारणसभामा सेयरधनीले ज्योतिमाथि खनाए ।

तेस्तै कम्पनीले खर्च गरेको सामाजिक उत्तर दायित्वको ३३ लाख रुपैयाँ आफू खुसी गरेको सेयरधनीले आरोप लगाए । कम्पनीको वार्षिक प्रतिवेदनमा खर्चको रकम मात्र खुलाइएको थियो । त्यसैले सेयरधनीले जोडदारको साथ यो प्रश्न साधारणसभामा बोल्ने क्रममा उठाएका थिए । उक्त प्रश्नमाथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्रकास पार्न खोजेपनि सेयरधनी सन्तुष्ट भने हुने सकेनन। 

साधारणसभा लैनचौर बैंङक्वेटमा साधारणसभा सम्पन्न भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको