Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, १६ : ०१ मा प्रकाशित

नेप्सेमा सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख २८ गते (बुधबार)लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १०:३० बाट सुरु हुनेछ । कम्पनीले आ.व २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  


 

626a6b2a56614.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको