Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १० असार २०७८, १० : ५८ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । संस्थाले ७८ हजार एक सय ५० कित्ता संस्थापक सेयरहरू लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

60cadd427c7ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको