Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तले डाक्यो साधारणसभा :लाभासं पारित गर्ने, एफपीओ निष्काशन गर्ने

अर्थ संसार

आइतबार, २० फागुन २०८०, ०७ : ५८ मा प्रकाशित

नेशनल लघुवित्तले डाक्यो साधारणसभा :लाभासं पारित गर्ने, एफपीओ निष्काशन गर्ने

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले चैत १६ गते, शुक्रबार सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको छ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभासं वितरण गर्न प्रस्ताव अनुमोदन गर्नेछ। तेस्तै, सभाले  एफपीओ निष्काशनको प्रस्ताव पारित पनि पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ। 

तेस्तै कम्पनीले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने तय भएको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको