नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अर्थात वैशाख ३ गते अन्तिम दिन रहेको छ ।
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५% बोनस घोषणा गरेको थियो ।
जसको निमित यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ४ गते बुक क्लोज मिति तय गरेको छ । तेसैले आज सम्म कायम सेयरधनीले मात्र लाभांस सुरक्षित गर्नेछन ।
कम्पनीले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण लाभांशमा कर छुट प्राप्त गर्नेछन ।
जसको कारण संस्थाले कर प्रयोजनका लागि नगद लाभांशको घोषणा गरेको छैन ।
संस्थाले आफ्नो साधारण सभा वैशाख १५ गते धादिङको क्रिक रिसोर्ट, धादिङबेसीमा बिहान ११ बजेदेखि बोलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस