Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे नेशनल माइक्राेफाइनान्सकाे काराेबार राेक्का

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १३ : १९ मा प्रकाशित

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे नेशनल माइक्राेफाइनान्सकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । कम्पनीले काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सार्वजनिक गरेपछि नेप्सेले काराेबार राेक्का गरेकाे हाे ।

नेशनल माइक्राेफाइनान्स लघुवित्तले गर्याे लाभांश घाेषणा

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित  मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना काराेबार समयमा प्रकाशन गरी नियम पालना नगरेकाे नेप्सेले जनाएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

संस्थाले काराेबार समयमै आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सूचना सार्वजनिक गरेकाे थियाे ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63ce39eae4a7e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको