Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार ५ हजार ४५५ जना निको हुँदा,२ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १८ : १० मा प्रकाशित

शुक्रबार ५ हजार ४५५ जना निको हुँदा,२ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २१ जनामा र एन्टिजेनबाट परीक्षण गर्दा ७ सय ५५ जना गरी कुल २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । तीमध्ये ८ हजार ९४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको