Like us!
Follow us!
Connect us!
Watch us!

जर्ज फ्लोइडका हत्यारालाई २२ वर्षको सजाय

अर्थ संसार

शनिबार, १२ असार २०७८, ०९ : ३७ मा प्रकाशित

जर्ज फ्लोइडका हत्यारालाई २२ वर्षको सजाय

जर्ज फ्लोइडको हत्यारा पूर्व प्रहरी अधिकृत डेरेक चाउभिनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ ।

गत वर्ष अर्थात् मेई २०२० मा अमेरिकाको मिनियापोलिस सडकमा ४८ वर्ष जर्ज फ्लोडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको हाे । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए । यस घटनापछि अमेरिकामा 'ब्ल्याक लाइभ्स म्याटर' नामको देशव्यापी आन्दोलन चलेकाे थियाे ।

मिनेसोटा कानून अन्तर्गत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने भएकाे छ । उनी १५ वर्ष जेलमा बस्नुपर्नेछ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् । 

चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको न्यायाधिशले बताएका छन् । फ्लोइडको परिवार र उनका समर्थकहरुले न्यायाधिशले दिएका यो फैसलाको स्वागत गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको