Like us!
Follow us!
Connect us!
Watch us!

धिताेपत्र बाेर्डकाे विज्ञप्तिले काेही आत्तिनु पर्दैन : विश्लेषक बस्यालसँग कुराकानी

अर्थ संसार टक

शनिबार, १२ असार २०७८, ११ : ३८ मा प्रकाशित

विष्णुप्रसाद बस्याल लामाे समयदेिख बजारकाे विश्लेषण गर्दै आएका छन् । बजारमा लगानी गर्न चाहनेहरूलाई सल्लाहसमेत दिँदै आएका बस्याले अहिलकाे बजारकाे घटाइलाई स्वाभाविक मान्छन् ।

‘बजार सँधै बढिरहने हुन्न,’ उनी भन्छन्, ‘बजार बढेपछि घट्ने र घटेपछि बढ्ने गर्याे भने त्यस्ताे बृद्धि दिगाे हुन्छ ।’ बजारलाई घट्न नियामक निकाय धिताेपत्र बाेर्डकाे विज्ञप्तिले पनि सघाएकाे छ । तर भुषाल बाेर्डले लगानीकर्ताहरूलाई सचेत गराउन स्वाभाविक भएकाे बताउँछन् ।

‘बाेर्डले गाेप्य कुरा सार्वजनिक गरेकाे हैन,’ उनी भन्छन, ‘ती ५२ कम्पनीकाे आधारभूत कुराहरू सबैले थाहा पाइराखेकै हाे । बाेर्डले त्यही कुरालाई बिज्ञप्तिका रूपमा ल्याउँदा किन काेकाेहाेलाे गर्नु ?’

हामीले भुषाललाई ‘अब बजार कता जाला ?’ भनेर साेध्याैं । अहिले बजारमा लगानी गर्ने बेला हो ? कि लगानीकर्ताले अझै कुर्दा राम्रो ? दैनिक कारोबार रकम २० अर्बसम्म पुगेको बजारको कारोबार भोलुम आधा घटेको छ । अब लकडाउन खुकुलो हुँदै गएको छ बजार चलायमान हुनथाल्यो । यसले गर्दा सेयर बजारमा आएको रकम अन्यत्र छरिन थालेर यस्तो भएको हो ? वा लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा हुन् ? बजारमा केही समुहहरु त सुन्निएजस्तो लाग्दैन ? जस्तो विकास बैंक, फाइनान्स, जलविद्युत समुहको निरंतर उकालो यात्रा स्वाभाविक हो ? जलविद्युत कम्पनीहरुलाई त नियामक निकाय जलविद्युत नियमन आयोगले बैंक ऋण तिर्न हकप्रद निस्कासन गर्न दिने प्रस्तावले बढेको मान्न सकिन्छ । यी फाइनान्स, विकास बैंक किन यसरी बढेका ? यिनमा कर्नरिंग भएको हैन ? बैंकमा तरलतामा संकुचन आउन थालेको सुनिन्छ । बैंकहरुले ब्याजदर बढाउन थालेका छन् । ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध छ । यस्तो बेला पनि बजार बढ्ला र ? हामीले भुषालसँग यस्तै प्रश्नहरु गरेका छौं । भुषालसँग अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधानसंपादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको