Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्डको न्याभसँगै सेयर बजारमा लगानी बढ्यो

अर्थ संसार

आइतबार, १३ असार २०७८, ०८ : २७ मा प्रकाशित

एनआईबिएल प्रगति फण्डको न्याभसँगै सेयर बजारमा लगानी बढ्यो

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले २०७८ जेठ मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।  जेठ मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।

जेठ मसान्तमा एनआईबिएल प्रगति फण्डको न्याभ १८ रुपैयाँ ८८ पैसा कायम भएको छ । वैशाख मसान्तमा यो फण्डको न्याभ १७ रुपैयाँ ३९ पैसा रहेको थियो । वैशाख मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १ रुपैयाँ ४९ पैसाले बढेको छ। 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा १ अर्ब १० करोड १८ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ । वैशाख मसान्तमा फण्डले १९ करोड ३३ लाख ४८ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १४ करोड ८५ लाख ५० हजारले बढेको छ । यस अवधिमा फन्डले १०० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डको बैंक मौज्दात भने २ करोड ६० लाख ७२ हजार रुपैयाँले घटेर २४ करोड ६० लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिना फन्डको बैंक मौज्दातमा २७ करोड २० लाख ८७ हजार रुपैयाँ थियो । 

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d7e64cd0ee9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको