Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाईमा एनआईसी एशिया सेलेक्ट ३० फण्ड, कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, १३ असार २०७८, १२ : ३० मा प्रकाशित

लगानीकर्ताको रोजाईमा एनआईसी एशिया सेलेक्ट ३० फण्ड, कति पर्यो आवेदन ?

एनआईसी एशिया क्यापिटल लिमिटेडले असार १० गते, बिहीबारदेखि बिक्रीमा ल्याएको 'एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड)' नामक सामुहिक लगानी कोषमा उत्साहप्रद रुपमा आवेदन परेको छ ।  आज (आइतबार) बिहानसम्ममा ६४ प्रतिशत बिक्री भइसकेकाे छ ।

आइतबार बिहान १०:५० बजेसम्ममा ५२ हजार ४ सय ५९ जना आवेदकले ५ करोड ४२ लाख ४५ हजार ८ सय ८० इकाईको लागि आवेदन दिएका हुन् ।

दाेस्राे बजारबाट भन्दा हामी बढी प्रतिफल दिनेछाैँ : मनिष घिमिरे

क्यापिटलले असार १० गते, बिहीबारदेखि १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।

यो फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म डिम्याट अकाउन्ट भएका हरेक नेपाली नागरिक तथा विभिन्न लगानीयोग्य संस्थाहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म लगानी गर्न सक्नेछन् । 

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको