Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको ३६.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, १४ असार २०७८, ०७ : २२ मा प्रकाशित

राधी विद्युतको ३६.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

राधी विद्युत् कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार १४ गते, सोमबार) सम्म रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असार १५ गते, मंगलबार) देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको वार्षिक साधारण सभा असार २९ गते कम्पनीको केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको