Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोर बिजोर, किराना पसल दिनभर खुल्ने

अर्थ संसार

सोमबार, १४ असार २०७८, १२ : २५ मा प्रकाशित

उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोर बिजोर, किराना पसल दिनभर खुल्ने

काठमाडौं उपत्यकामा मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीहरू चल्ने भएका छन् भने काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् ।

बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको