Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको कारबाहीमा सिभिल र प्रभु बैंक !

अर्थ संसार

बुधबार, १६ असार २०७८, ११ : ०० मा प्रकाशित

नेपाल राष्ट्र बैंकको कारबाहीमा सिभिल र प्रभु बैंक !

बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७७र७८ को तेस्रो त्रैमासमा २ वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो  । 

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सिभिल बैंकले सम्पति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेकोले बैंकलाई १० लाख जरिवाना गरिएको जनाएको छ  । त्यस्तै सिभिल बैंकको ऋणीसंग अप्रत्यक्ष रुपमा कारोबार भएको पाइएकोले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर ६ को संस्थागत सुशासन सम्बन्धि ब्यबस्थाको बुँदा नम्बर २ (ख) मा उल्लेखित ब्यबस्थाको पालना भएको नदेखिएकाले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिईएको रह्स्त्र बैंकले उल्लेख गरेको छ।

त्यस्तै राष्ट्र बैंकले प्रभु बैंकलाई पनि कारवाही गरेको छ  । बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशनको ब्यबस्था विपरित प्रभु मनी ट्रान्सफर र प्रभु बैंक बिच कारोबार भएको पाईएकोले राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत सहित संचालकहरुलाई समेत सचेत गराएको हो  । राष्ट्र बैंकले तत्कालिन अध्यक्ष देवी प्रकाश भट्टचन, संचालकहरु शंकर कालीकोटा र रमेश सिंह खड्का, तत्कालिन संचालकहरु अम्बिका शर्मा लामिछाने,  पुष्प बहादुर प्रधान ,  र दक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो  । 

चालु आर्थिक वर्ष सिभिल बैंक र प्रभु बैंक राष्ट्र बैंकको कारवाहीमा परेको यो पहिलो पटक हो  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको