Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०७ : ४६ मा प्रकाशित

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ वरिष्ठ वचत खाता ल्याएको छ । जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ । 

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात रु १०,००० राखी  खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवापनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकल ेवरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्ने वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वहाँहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवापनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले वताउनु भयो । 

निक्षेप तर्फ रु. ९१.६७अर्व र कर्जा तर्फ रु. ८५.१४अर्व पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५% मासिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको