Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंक र हिमालयन बैंक लिमिटेडको एकीकृत कारोबार फागुन १२ गतेदेखि

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १३ : १० मा प्रकाशित

सिभिल बैंक र हिमालयन बैंक लिमिटेडको एकीकृत कारोबार फागुन १२ गतेदेखि

सिभिल बैंक र हिमालयन बैंक लिमिटेडको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो । राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो ।

हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता शेयर बराबर हिमालयन बैंकको ८० कित्ता शेयर अनुपात हुने भएको जनाइएको छ । एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्नेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको