Like us!
Follow us!
Connect us!
Watch us!

ठूला लगानीकर्ताकाे कर्नरिङले नयाँ लगानीकर्ता मारमा परे : सञ्जय दाहाल

लगानीकर्ताको आवाज

बुधबार, १६ असार २०७८, १६ : ३५ मा प्रकाशित

नेपाल सरकारका उपसचिव एवमं सक्रिय लगानीकर्ता सञ्जय दाहालले ठूला लगानीकर्ताहरूकाे कर्नरिङले गर्दा नयाँ लगानीकर्ता मारमा परेको बताएका छन् । 

अर्थ संसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले आजकाल बजारमा केही समूह मिलेर एउटा क्षेत्र अथवा कम्पनीलाई उचाल्ने र एउटा क्षेत्र अथवा कम्पनीलाई उडाइदिने प्रचलन बढेको बताए । ठूला लगानीकर्ताहरूले कर्नरिङ गरी आफ्नो नाफा सुरक्षित गर्ने प्रवृत्ती बढ्दा नयाँ लगानीकर्ताहरू मारमा पर्ने गरेका बताएका छन् । 

अहिले केही कम्पनीहरू जोखिममा रहेपनि नेपालको पुँजी बजारको मजबुत क्षेत्र वाणिज्य बैंकहरूको मूल्य तुलनात्मक रूपमा कम रहेको र लगानीको लागि एकदमै सुरक्षित रहेको बताउँदै अहिले पुँजी बजार जोखिममा नरहेको उनको तर्क छ ।। 

अहिले बैंकमा गरिने लगानी नाफामूलक र सुरक्षित रहेको भन्दै उनले लघुवित्त कम्पनीहरू पनि करेक्सनको लेभलमा रहेका र बीमा कम्पनीहरू पनि पीकमा पुगी फेरि तल फर्किएको उनको बुझाँई छ । केहि हदसम्म हाइड्रोपावर, फाइनान्स र विकास बैंकहरूको सेयर मूल्य मात्रै अस्वभाविक रूपमा बढेको भएपनि अन्य क्षेत्रभने अझै बढ्न नसकेको उनको तर्क छ । 

नेपाल धितोपत्र बोर्डले हालै ५१ वटा कम्पनीको सूचीसहित सार्वजनिक गरेको विज्ञप्तिको बारेमा आफ्नो धारणा व्यक्त गर्दै उनले भने, "लगानीकर्ताको लगानीलाई सुरक्षित राख्नु नियामक निकायको दायित्व भएको र नियमन निकायले लगानीकर्तालाई सचेत बनाउनु जरूरी रहेको हिसावले हेर्दा बोर्डले प्रकाशन गरेको विज्ञप्ति सही थियो । तर बोर्डले विज्ञप्ति निकाल्ने तरिका भने गलत भयो ।" कसैको नाम तोकेर गलत छस् भन्नु अपराध रहेको उनी बताउँछन् । बरु बोर्डले सूचीकृत सबै कम्पनीको अवस्था हेरी यो कम्पनीको अवस्था यस्तो छ, यसको यस्तो छ भन्ने तरिकाले सूची प्रकाशन गरेको भए राम्रो हुने उनले बताए । नेपाल लाइफको उदाहरण दिँदै उनले मूल्य अनुपात (पीइ रेसियो) तथा ईपीएसहरूले मात्र हरेक कम्पनीको अवस्था निर्धारण नहुने बताएका छन् ।

सिकारू लगानीकर्ताहरूलाई बोर्डको यो विज्ञप्तिले प्रभाव पारेपनि पुराना र अध्ययन गर्ने लगानीकर्ताहरूलाई भने ती कम्पनीहरूको अवस्था पहिल्यै थाहा भएको बताउँदै उनले सबै लगानीकर्ताहरूको मनोबलमा भने प्रभाव पारेको बताए । लगातार रेकर्ड ब्रेक गरिरहेको सेयर बजारको निकट भविष्यमा करेक्सन आउँछ भन्ने कुरा लगानीकर्ताहरूलाई पूर्वानूमान नै भएकोमा बोर्डको विज्ञप्तिले यसलाई मलजल गरिदिएको उनी बताउँछन् ।

उनले नियमन निकायहरूले बनाउने र कार्यान्वयन गर्ने नीतिहरूमा समस्या आउनुको मुख्य कारण राजनीति भएको बताए । अनुभवका हिसावले भन्दा पनि राजनीतिक पहुँच र निकटताका आधारमा कर्मचारीहरू नियुक्ती हुने भएकाले नीति नियमहरू कार्यन्वयन गर्दा कमजोरी आउने उनको भनाइ छ । त्यस्तै, स्वार्थ समूहहरूको चलखेलले गर्दा पनि यी कुरामा प्रभाव पार्ने उनले बताए । उनी भन्छन्, "धितोपत्र बोर्डमा एउटा समूहले प्रभाव पारेको हुन्छ, नेप्सेमा अर्को समूहले प्रभाव पारेको हुन्छ, बीमा समितीमा अर्को समूहले प्रभाव पारेको हुन्छ । अलगअलग समूहले प्रभाव पारिरहँदा अलगअलग समस्या देखिइरहन्छ र यस्ता द्वन्द हुन्छ ।" 

कुराकानी कै क्रममा उनले सेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरूलाई कारोबारमा भन्दा पनि लगानीमा धेरै प्राथमिकता दिन सुझाएका छन् ।

दाहालसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको