बजार जति तल आउँछ त्यति नै माथि जाने सम्भावना रहने बताउँछन् विश्लेषक मुक्ति अर्याल। राष्ट्रको आर्थिक सूचकहरु अहिले सहज अवस्थामा नरहे पनि बजारमा आर्थिक अवस्थाका कारण घटनुपर्ने बजार घटिसकेको हुँदा अब बजार बढ्ने विश्लेषण गरेका छन् ।
यस आर्थिक वर्षको अन्त्यसम्म बजारले नयाँ उचाई लिने र अब बजारमा आउने सकारात्मक कुराहरू तेश्रो त्रैमासिक विवरण , चुनाव, बजेट र आर्थिक वर्षको अन्त्यसँगै बजारमा सकारात्मकता हुने र तरलताकाे समस्या पनि समाधान हुन सक्ने उनकाे तर्क छ । उनले भने, "बजार घटेपछि अवश्य फर्किन्छ र कहिले फर्किने भन्ने कुरा हो बजार माथि आउन लगानीकर्ताहरूलाई सकारात्मक मनोविज्ञान हुनुपर्ने र नीति लगानी योग्य भएमा बजारको अवश्य नयाँ उचाई लिन्छ ।"
नेपालको बजारमा इन्साइडर नहुने होकी नियामकले पत्ता लगाउन नसकेको हो भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, 'नेपालमा इन्साइडर ट्रेडिङ धेरै मात्रामा हुने तर नियामकले पत्ता लगाउन सकेको छैन र कारबाही गरिएको पाइँदैन।' ट्रेडिङ गर्ने व्यक्तिले प्रयाप्त नाफा आर्जन गर्ने सम्भावना नरहने हुँदा इन्साइडर सूचनाको आधारमा नै धेरैले नाफा आर्जन गरेका होलान् । ट्रेडिङ गरेर नाफा आर्जन गर्न सकिँदैन, केही कमाए पनी त्याे क्षणिक हुनसक्ला तर लामाे समयका लागि नाफा आर्जन गर्न इन्भेष्टर नै बन्नुपर्छ ।
नेपालमा नीतिगत तहमा नै समस्या छ । नियामक निकायले आफूले गर्नुपर्ने काम नगर्ने र आफूले गर्नु नपर्ने काम गर्ने गरको उनको आरोप छ। राष्ट्र बैंक, धितोपत्र बाेर्ड, बीमा समिति, नेप्से, अर्थमन्त्रालय लगायतका निकायले आफूले गर्नुपर्ने क्षेत्राधिकार भित्रका काम नगर्ने र राष्ट्र बैंकले लिएको नीतिको कारण बजारलाई श्रावणदेखि असर गरिरहेको छ। आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर मौद्रिक नीति भन्दा सेयर बाजार र बैङ्कको कार्यसम्पादनमा हस्तेक्षप तथा बैङ्क र वित्तीय क्षेत्रलाई असर गर्ने नीतिका कारण बजारलाई असर गरेको उनको भनाइ छ।
ब्याजदर बढाउँदैमा तरलताको समस्या समाधान नहुने तथा विकसित राष्ट्रहरूमा केन्द्रीय बैंकले वित्तीय संस्थाहरूमा तरलताको समस्या उत्पन्न भएपछि वाणिज्य बैङ्क र Lending Institution हरुको Asset खरिद गरेर पैसा बजारमा पठाई ब्याजदर नियन्त्रण गरी तरलता समस्या समाधान गर्ने गरिन्छ तर नेपालमा नीति तयार गर्दा वा निर्णय लिँदा पछि उत्पन्न हुनसक्ने समस्या विचार नै नगरी नीति तयार गरिन्छ । अर्थतन्त्र लाई जिस्क्याउने नीति तयार पार्ने निकायबाट आउन नहुने र नियामकबीचका संस्थाहरूबीच समन्वयन हुनुपर्ने उनी बताउँछन्।
नेपाल श्रीलंका हुने अवस्था आएको हो त भन्ने प्रश्नमा नेपाल श्रीलंका बन्ने अवस्था आएको छैन। हामी Bankrupt हुने अवस्थामा छैनौं । श्रीलंकामा यो अवस्था आउनुको कारण अत्यधिक वैदेशिक ऋण र वैदेशिक विनिमय दरको उतारचढाव को समस्याका कारण यो अवस्था उत्पन्न भएको हो। नेपालसँग त्यो मात्रामा वैदेशिक ऋण छैन र ऋण World bank,IMF लगायतका संस्थाहरू बाट ऋण लिएको हुँदा समयान्तर अनुरोध गरी उक्त ऋणलाई अनुदानमा रूपान्तरण गरिँदै आएको छ। त्यसैले अहिले हामी श्रीलंकाको बाटोमा छैन उनले बताए।
समय समयमा वैदेशिक ऋण लिएर विकास आयोजना सम्पन्न गर्ने कुरा आउँछ तर यस्ता आयोजना सम्झौता गर्नुअघि उक्त ऋणको ब्याज र मुद्राको उतार चढावको रिस्कलाई जोड्दा त्यो भन्दा बढी रिटर्न मिल्छ भने त्यस किसिमका आयोजना सम्पन्न गर्न ऋण लिनु उपयुक्त हुने उनी बताउँछन् । हामीमा ऋण छ तर त्यस्तो आत्तिनुपर्ने अवस्थाको रिस्क छैन तर यो अवस्था कसरी आयो भन्ने बारे मूल्यांकन गरिनुपर्ने र अर्थमन्त्रालय राष्ट्र बैंकले अर्थतन्त्रको प्रक्षपण गरिराख्नु पर्ने र एक्सन लिने समयमा एकैपटक चौतर्फी प्रभाव गर्ने भन्दा चरणबद्ध रुपमा लिनुपर्ने साथै योजनासहितको दूरगामी नीति तयार गर्न उनी सुझाव दिन्छन्।
कम्पनीको पूँजी वृद्धिको विषयमा कुरा गर्दै,कम्पनीको पूँजी वृद्धि गर्ने प्रक्रिया क्रमिक प्रक्रिया रहेकाले कम्पनीले आफ्नो पूँजी कसरी वृद्धि गर्ने उसको योजना,आवश्यकता, Business Strategy, Growth का आधारमा हुन्छ;कुन कम्पनीको पूँजी कति राख्नुपर्ने नियामक निकायले निर्देशन दिनु बीमा कम्पनीहरुको कार्य सम्पादनमाथि सीधा हस्तक्षेप गरेको उनी बताउँछन्। यसरी हस्तछेप गर्दा कम्पनीहरुमा नकारात्मक असर देखिन्छ र कम्पनीहरुले आफ्नो योजना अनुसार स्वतन्त्र रूपमा पूँजी वृद्धि गर्दा आफ्नी Risk लाई समायोजन गरेर लैजान पाउँछन्, एकैपटक पूँजी वृद्धि गर्दा कम्पनीमा लगानी र Over Captialize को समस्या आउँछ र कम्पनीका योजना र कार्यक्रम तर्जुमा हुन सक्दैन कम्पनीले नियामक निकायको निर्देशन भन्दा पनि आफ्नो आवश्यकता अनुसार पूँजी वृद्धि गर्न पाउनुपर्छ।
अर्यालसँग गरिएको भिडियो कुराकानी :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस