Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाको भरमा लगानी गर्दा करोडपतिबाट सडकपति होइन्छ : लगानीकर्ता पौडेल

लगानीकर्ताको आवाज

विहीबार, ०३ असार २०७८, १८ : २६ मा प्रकाशित

हल्लाको भरमा लगानी गर्दा करोडपतिबाट सडकपति होइन्छ : लगानीकर्ता पौडेल

हल्ला र लहैलहैको भरमा परेर लगानी गर्दा करोडपतिबाट सडकपति होइने लगानीकर्ता एवमं सेयर विश्लेषक राजु पौडेलले बताएका छन् । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले सेयर बजारको बारेमा राम्ररी नबुझीकन हल्ला र लहैलहैको भरमा लागेर र सामाजिक सञ्जालमा आएका कुराहरू हेरेर  हामफाल्ने हो भने करोडपतिबाट सडकपति होइने बताएका हुन् । सेयर बजारमा सजिलैसँग पैसा कमाइने भएको भए सबैजना आफ्ना कामहरू छाडेर यसमै लगानी गरेर बस्थे होलान् भन्दै उनले सेयर बजार सबैको लागि उपयुक्त नभएको बताए ।

उनले सबै लगानीकर्ताहरूलाई लगानी गर्नु अगाडि सेयर बजारको बारेमा राम्ररी बुझ्न आग्रह गरेका छन् । अग्रज व्यक्तिहरूको राय तथा अनुसन्धानहरू गरेर मात्र बजारमा प्रवेश गर्न उनको सुझाव छ । सुरूमा कम जोखिम भएका सेयरहरूमा लगानी गर्नु उपयुक्त हुने उनको भनाइ छ । बुझेर र अध्ययन गरेर लगानी गर्दा सेयर बजारबाट जस्तासुकै व्यक्तिले पनि कमाउन सक्ने उनी बताउँछन् । 

जोखिम रहित कुनै पनि व्यवसाय हुदैन,कमाउनलाई केहि जोखिम लिनै पर्छः लगानीकर्ता सानुबाबु पौडेल

लगानीकर्ताहरू बजारमा कहिले छिर्ने कहिले निस्किने, कस्तो बेलामा बेच्ने, कस्तो बेलामा किन्ने भन्ने कुरामा चनाखो हुनुपर्ने उनले बताएका छन् । लगानीकर्ताले आधारभूत र प्राविधिक पक्ष दुवै विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनी बताउँछन् । यी कुरामा गृहकार्य गरेर मात्र सेयर कारोबार गर्न उनको अनुरोध छ ।

कुराकानी कै क्रममा उनले हाम्रा नियामक निकायहरू फितला भएका कारण र नियमन गर्न नसकेका हुनाले चलखेल झनै बढ्ने बताए । चलखेल हटाउन सर्वप्रथम लगानीकर्ताहरू आफैँ चनाखो र चलाख हुनुपर्ने उनी बताउँछन् । लगानीकर्ताहरूले हरेक सूचनामा आफ्नो पहुँच राख्नुपर्ने पनि उनले बताएका छन् ।

सेयर बजार सधैँ चक्रमा घुमिरहने बताउँदै उनले हाल अन्य क्षेत्रहरू संकुचित भएको हुनाले सेयर बजारमा धेरै चाप परेको कारण नेप्से इन्डेक्स बढ्न मद्दत गरेको उनले बताए । राम्रो रिटर्न दिन नसक्ने कम्पनीहरू अहिलेको बजार उचालिइरहनु अत्यन्त दुखद रहेको बताउँदै उनी भन्छन्, "यी कम्पनी भनेका बेलुन जस्तै हुन् । जुनसुकै बेलामा पनि फुट्न सक्छ ।" उनले विगतमा कुनैपनी रिटर्न नदिएका कम्पनीहरूबाट निस्किएर राम्रो रिटर्न दिने कम्पनीमा छिर्न लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । वैशाखदेखि भदौसम्म सेयर बजारको उर्वरा महिना रहेको उनले बताए । वैशाखमा तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइसक्ने हुनाले उक्त विवरण हेरी आगामी वर्ष कम्पनीले कति रिटर्न दिनसक्छ भन्ने आँकलन गर्न सकिने र राम्रा कम्पनीमा लगानी गर्न सकिने उनी बताउँछन् ।

बजारमा ब्रोकरहरुको सिन्डिकेट भयो,सेबोनले ठुलो चलखेल गरिरहेको छः मोहदत्त भुसाल

बैंकिङ्ग सेक्टर बढ्नै बाँकी रहेको र बुलको चक्र पुरा हुन पनि बाँकी नै रहेको हुनाले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । अहिले नयाँ लगानीकर्ताहरूमा बुल तहसनहस भएर सेयर बजार बियरिसमा नै जाने होकी भन्ने डर पैदा भएको बताउँदै उनले लगानीकर्ताहरूलाई नआत्तिन अनुरोध गरेका छन् । जबसम्म बैंकको व्याजदर र सेयर बजारको सम्बन्ध रहिरहन्छ तबसम्म लगानीकर्ता डराउनु नपर्ने उनले बताए । मुद्दति खातामा रकम जम्मा गर्न व्याज नै नभएको र सस्तोमा सेयर ॠणहरू लिन पाइएको बताउँदै उनले बैंकको व्याजदर दोहोरो अंकसम्म नपुग्दा लगानीकर्ताहरू आत्तिनु नपर्ने बताए ।

विगतको तथ्यांकलाई हेर्दा यो बुल २०२४ सम्म रहने उनी बताउँछन् । अहिले धेरै लगानीकर्ता बढिरहेका तथा प्रविधिका विभिन्न माध्यमहरू पनि भित्रिएका, मार्केट मेकरको रूपमा विभिन्न कम्पनीहरू प्रवेश गरिरहेका, बैंकलाई ब्रोकर लाइसेन्स दिने जस्ता चर्चा परिचर्चाहरूलाई नियाल्दा नेपालको सेयर बजारको भविष्य उज्जवल देखिएको उनले बताएका छन् । पहिलाको जस्तो बजार पुरै क्र्यास भएर बियरिसमा जाने अहिलेको अवस्था नरहेको उनले बताए । 

हल्लाको पछि लागेर लगानीगर्दा अघिल्लो बुलिस ट्रेन्डमा नराम्रोसंग फसेः लगानीकर्ता पाण्डे

उनले अहिलेको आईपीओको १० कित्ते प्रणालीले गर्दा नै धेरै नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न पाएका र सेयर बजारले विकासको फड्को मारेको बताएका छन् । तर यही १० कित्ते प्रणालीले गर्दा विकृती पनि भित्रिएको उनले बताए । उनी भन्छन्, "गाउँभरीका सोझासाझा व्यक्तिहरूको नागरिकता बटुलेर आईपीओ भर्ने गरेको पाइएको छ । यसमा नियमनकारी निकायले नियमन गर्नु जरूरी छ ।" सिडिएसले यो कुराहरू छानबिन गर्ने सिस्टम ल्याउनु पर्नेमा उनले जोड दिएका छन् । तब मात्र १० कित्ते प्रणालीले पारदर्शी र प्रभावकारी हुने उनको भनाइ छ । १० कित्ते प्रणाली हटाउनु भन्दा पनि यसलाई राम्ररी नियन्त्रण गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै उनले यो नियम बनाउन सक्ने पदाधीकारीहरू पैसामा बिके भन्ने सुनिँदै आएको बताएका छन् । ५० वटै ब्रोकरहरूले एक एक लाख गर्दै ५० लाख उठाएर नियामक निकायमा फालिदियो भने तैँ चुप मैँ चुप भन्ने अवस्था रहेको हुनाले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुराहरू बीचमै रोकिएको कुरा सामाजिक सञ्जालमा आइरहेका उनले बताए । ब्रोकर लाइसेन्स दिने कुरामा एउटा मापदण्ड बनाएर दक्षता भएका व्यक्तिलाई पनि लाइसेन्स दिने हो भने सेयर बजारको अझै राम्ररी विकास हुने उनी बताउँछन् ।

अहिले केही २ ४ जना घरानिया लगानीकर्ताहरूले नियामक निकायलाई नचाइरहेका अवस्था देखिएको उनी बताउँछन् । नियामक निकायले उनीहरूले जसो भन्यो त्यसै गर्दै गइरहेको बताउँदै नियमन निकाय आम लगानीकर्ताको हितमा नरहेका बताएका छन् ।

उनै पौडेलसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको