बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जानकारी दिएकाे छ ।
विगत केही दिनयता विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएका समाचारप्रति बीमा समितिकाे ध्यानाकर्षण भएको छ । यस्ता प्रकाशित समाचारहरु असत्य, भ्रामक र कपोलकल्पित रहेका र यी समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको बताउँदै समितिले यस प्रकारका समाचार प्रकाशन नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस